२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा
अ अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा पुस्तकालय स्थापना र सहयोगी दाताहरुलाई सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टीहरुको भन्दा नेपाली कांग्रेसको सिद्धान्त राम्रो भएको उल्लेख गर्दै आमजनमानसमा बुझाउन पुस्तकालयको महत्त्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।

“मैले त तल्लो तलामै राखौँ भनेको हो, माथि राख्नुभयो, तर पनि राम्रो छ, धेरै बहुमूल्य किताब छन्, उसै त कांग्रेसीहरु पढ्दैपढ्दैनन् भन्ने छ, यहाँबाट साथीहरूले आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श राम्रो छ भन्ने थाहा पाउँछन्, व्यापक बुझाउनु छ, मिडियालगायतका सम्पूर्ण साथीहरूमा बुझाउन सकियो भने सबैभन्दा पुरानो पार्टीले बहुमत ल्याउन सक्छ, सिद्धान्त र आदर्श धेरै महत्त्वपूर्ण र राम्रो छ,” उहाँले भन्नुभयो ।

सभापति देउवाले पुस्तकालय सञ्चालन र व्यवस्थापनले पार्टीलाई ऊर्जा मिल्ने धारणा राख्नुभयो । उपसभापति धनराज गुरुङले अध्ययनले ज्ञानको अभिवृद्धि हुने भएकाले अध्ययन बिना द्वन्द्व, झगडा र विनाशको शृङ्खला बढ्ने बताउनुभयो । उहाँले अध्ययनको कमीले गर्दा नेपाली राजनीतिमा ज्ञानको शृङ्खला घट्दै गएको र कांग्रेसले पुस्तकालय निर्माण गरेर यसलाई चिर्ने प्रयास गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय पार्टी विभागको काम गर्ने तरिका बदलिएको बताउनुभयो । पार्टीका विभाग सक्रिय भएका छन्, पार्टीको केन्द्रीय कार्यालय परिसर ज्ञानको मन्थनको केन्द्र हुनुपर्छ, ज्ञानको उत्पादनलाई परिणामसँग कसरी जोड्ने भनेर ध्यान दिएका छौँ, पुस्तकमाथि छलफल गर्ने हामीमाथिको प्रश्न र चुनौतीलाई चिर्न सक्नुपर्नेछ, पुराना कुरा इतिहासको संरक्षण गर्दै नयाँ समाजका नयाँ कुरालाई सिक्न र ग्रहण गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो ।

उहाँले आकर्षक पुस्तकालय निर्माण गर्न रु ६० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउने व्यक्ति सम्पर्कमा नआएकाले यसका बाबजुद पनि रु एक करोडको कोष जम्मा भएको बताउनुभयो । उहाँले पार्टीको स्रोत र साहित्य सिर्जनाका कुराहरुमा काम गर्ने समेत विभागको काम रहेको भएकाले पार्टीमा योगदान गर्नेहरूको ग्रन्थ समेत प्रकाशन गर्ने सोच रहेको बताउनुभयो ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पुस्तकालयलाई व्यवस्थित बनाउँदै पार्टीको विचार, आस्था र सिद्धान्तलाई परिस्कृत बनाउँदै नेपालको विभिन्न आन्दोलनमा नेपाली कांग्रेसले पु¥याएको योगदान हरेक नेपालीसम्म पु¥याउँदै सकारात्मक सन्देश दिन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्वेले नेपाली कांग्रेसले सबैलाई आफ्नो विचारमा सशक्त बनाउन पुस्तकालय तथा स्रोत केन्द्रमार्फत प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।

पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठले प्रबुद्ध व्यक्तिहरुलाई पार्टी कार्यालयमा बोलाएर बहसको शृङ्खला चलाएर गतिशील बनाइरहेको बताउँदै संस्थागत कोष अभिवृद्धिमा जोड दिनुभयो । उहाँले पार्टी कार्यालयलाई बहसको थलो बनाएर राम्रो र सकारात्मक कुराहरुको प्रवर्द्धन गर्न आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयोे ।

पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख एवं केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले २०८१ साल साउन २२ गते विभाग गठन भई काम अगाडि बढेको बताउँदै नेपाली कांग्रेस मतदाता र शुभेच्छुकको बलमा सञ्चालन भएको बताउनुभयो ।

कार्यक्रममा सभापति देउवाले ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले प्रकाशन गर्नुभएको पुस्तक विमोचन गर्नुभएको थियो । उहाँले पुस्तकालय सञ्चालनमा योगदान पु¥याउने प्रताप पौडेल, युवराज पाण्डे, शङ्कर तिवारी, मनोजमणि आचार्य, रागभ आचार्य, दिलबहादुर महर्जनलगायतलाई सम्मान गर्नुभएको थियोे । रासस