२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन

एमालेको पार्टी सदस्यता नविकरण २८ प्रतिशतले बढ्यो, मिसन ०८४ मा लाग्न ओलीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पार्टी सदस्यता नविकरण १ लाख ३९ हजारले वृद्धि भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको केन्द्रिय कमिटी बैठकमा यसबारे जानकारी गराइएको हो । बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विगतको पार्टी सदस्यताको अवस्थालाई हेर्दा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको बताउनु भयो ।

पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको उहाँको दाबी छ । संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशिल भएर अघि बढेको बताउनु भयो । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ०८४ मा लाग्नुपर्ने भएकाले पार्टीमा कुनै वैचारिक कुनै विवाद नभएकाले पार्टी पंक्तिलाई एकतावद्ध भएर प्रश्तुत हुन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँले आफूलाई मनमा लागेको कुरा खुलस्त भन्न पनि निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको छ । आजको बैठकमा मुलभुत रुपमा जम्मा ४ वटा विषयमा छलफल हुनेछ । विधान महाधिवेशनको तयारीका सम्बन्धमा विधान संशोधन प्रश्ताव, संगठनात्मक तयारीका सम्बन्धमा, विधान व्यवस्थापनको तयारीका काम, विभिन्न समसामयिक प्रश्तावहरु रहेका छन् । केन्द्रिय कमिटीको बैठकलाई पार्टी र बैठकका अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण निर्देशन गर्नुभएको छ । हाम्रो पार्टी अहिले संगठन विस्तारको हिसावले पनि पार्टी विगतको पार्टी सदस्यताको अवस्थालाई हेर्दा १ लाख ३९ हजार पार्टी सदस्यता वृद्धि भएको छ । पार्टी सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको रेकर्डबाट देखिएको छ । प्रारम्भिक रेकर्डबाट । संगठनात्मक सञ्जाल, विभागको काम, भूगोलको काम जनसंगठनको कामलाई जोडेर हेर्दा पार्टी मजबुत, क्रियाशिल भएर अघि बढेको छ । अहिले पार्टी अध्यक्षले मूलतः पार्टीको सिंगो पक्तिलाई नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ०८४ मा लाग्नुपर्ने भएकाले पार्टीमा कुनै वैचारिक कुनै विवाद नभएकाले पार्टी पंक्तिलाई एकतावद्ध भएर प्रश्तुत हुन निर्देशन दिनुभएको छ । लागेको कुरा भन्ने भए खुलस्त भन्न निर्देशन दिनुभएको छ । नेपालको विकसित राजनीतिक घटनाक्रम, एमाले चौतर्फी आक्रमणको निशाना र यसबारे कसरी अघि बढ्ने भन्नेबारेमा विश्लेषण गर्नुभएको छ ।’

अध्यक्ष ओलीले नेपालको विकसित राजनीतिक घटनाक्रम, एमाले चौतर्फी आक्रमणको निशाना र यसबारे कसरी अघि बढ्ने भन्नेबारेमा विश्लेषण गर्नुभएको पनि जानकारी दिनुभयो ।