२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था रहँदैन: ऊर्जामन्त्री खड्का

उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था रहँदैन: ऊर्जामन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नरहने बताउनुभएको छ ।

पश्चिम सेती ‘कोरिडोर’मा जलविद्युत् विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि आज मन्त्रालयमा सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्था अब नरहने बताउनुभयो ।

“ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण आशा जगाएको यस समझदारीले प्रसारण संरचनाको अभाव पूर्ति गर्छ र उत्पादित विद्युत् खेर जाने समस्या अन्त्यतर्फ लैजान्छ, निजी क्षेत्रले पनि उत्पादन र बिक्री गर्न पाउने वातावरण बनाउन सरकार सकारात्मक छ, आन्तरिक खपतसँगै बढी विद्युत् बिक्रीका लागि निजी क्षेत्रलाई सहज वातावरण बनाउन काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

पश्चिम सेती कोरिडोरअन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड, चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड र समृद्धि इनर्जी लिमिटेडबीच समझदारी भएको हो ।

समझदारीअनुसार बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा सो लाइनमा जोडिने तीनवटा जलविद्युत् आयोजना—चैनपुर सेती (२१० मेगावाट), सेती नदी–३ (८७ मेगावाट) र बझाङ माथिल्लो सेती (२१६ मेगावाट)—को निर्माण, वित्तीय स्रोतको परिचालन र सञ्चालनमा बहुपक्षीय सहकार्य हुनेछ ।

समझदारी कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले नेपालको ऊर्जा क्षेत्रमा निजी र सरकारी साझेदारी अपरिहार्य भइसकेको बताउनुभयो । यस्तो सहकार्यले प्रणालीगत सुधार ल्याउने र राष्ट्रिय उत्पादन क्षमतालाई प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।

सचिव आचार्यले ऊर्जा व्यापार, प्रसारण पूर्वाधार र निजी लगानी प्रवाहलाई सन्तुलनमा ल्याउँदै आत्मनिर्भरता हासिल गर्न यो कदमलाई राष्ट्रको ऊर्जा सुरक्षातर्फको कोसेढुङ्गाका रूपमा लिनुपर्ने बताउनुभयो ।

सम्झदारीमा हस्ताक्षर भएका आयोजनामध्ये अधिकांशले निर्माण अनुमति, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद सम्झौता, ग्रिड जडान तथा लगानी स्वीकृतिका प्रमुख चरण पार गरिसकेका छन् । प्रसारण लाइनसम्बन्धी अध्ययन, डिजाइन तथा जग्गा अधिग्रहण कार्यहरू समेत सम्पन्न भइसकेका छन् ।