२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री पौडेल

नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री पौडेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले  स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको बताउनु भयो । यसलाई व्यवस्थित गर्न स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१)” र “आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१” जारी गरिएको बताउनु भयो । ग

त वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभुत अस्पताल सञ्चालन गर्ने तयारी रहेको बताउनु भयो । नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको बताउनु भयो । “निरोगी नेपाल” को अवधारणालाई सार्थक बनाउन र नसर्ने रोगहरूको बढ्दो भारलाई न्युनिकरण गर्न हरेक वर्षको फाल्गुण महिनालाई “नसर्ने रोग परीक्षण महिना” का रूपमा मनाउने अभियान शुरु गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकलाई स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको छ । यस कार्यलाई व्यवस्थित गर्न “स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१)” र “आधारभुत अस्पताल सञ्चालन मापदण्ड, २०८१” जारी गरिएको छ । स्थानीय तहहरुमा निर्माण तयारीमा रहेका तथा शुरु भएर पनि काम नसकिँदा अलपत्र थिए । यसले नागरिकलाई आफ्नै घरदैलोमा सेवा लिन कठिनाइ देखिएको थियो । यस समस्यालाई हल गर्न हामीले विशेष प्राथमिकताका दिएर गत वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभूत अस्पताल संचालन गर्ने तयारी रहेको नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको छ । यो कदमले सामान्य उपचारका लागि पनि ठूला अस्पताल धाउनुपर्ने नागरिकको बाध्यताको अन्त्य गरी घरदैलोमै स्वास्थ्य सेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’

“निरोगी नेपाल” को अवधारणालाई सार्थक बनाउन र नसर्ने रोगहरूको बढ्दो भारलाई न्युनिकरण गर्न हरेक वर्षको फाल्गुण महिनालाई “नसर्ने रोग परीक्षण महिना” का रूपमा मनाउने अभियान शुरु गरिएको छ। यस अभियानलाई व्यवस्थित गर्न “समुदायमा नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१” स्वीकृत गरेर नयाँ आर्थिक वर्षदेखि यो अभियानलाई राष्ट्रिय कार्यक्रमकै रूपमा सञ्चालन गरी नागरिकहरूमा स्वास्थ्य चेतना अभिवृद्धि तथा परीक्षणको पहुँच विस्तार गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरिएको छ । यसले उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता रोगहरूको समयमै पहिचान र रोकथाममा मद्दत पु¥याउनेछ भने नागरिकमा स्वस्थ जीवनयापन शैलीको विकास हुने र क्रमशः राज्यको उपचार खर्चमा कमी आउने विश्वाश लिएका छौँ । पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ । यस अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीहरुलाई किशोरीहरुलाई निःशुल्क खोप प्रदान गरिएको छ ।   यो लक्षित वर्गको ८७। प्रतिशत हो। “एच.पि.भी. खोप सेवा सञ्चालन निर्देशिका, २०८१” जारी गरी यस ऐतिहासिक अभियानलाई कानूनी र प्रक्रियागत आधार प्रदान गरिएको छ । भविष्यमा यो कार्यक्रमलाई राष्ट्रिय खोप कार्यक्रमको नियमित हिस्सा बनाई दिगोपना सुनिश्चित गरिनेछ । जसले हजारौं महिलाहरूलाई यो घातक क्यान्सर रोगबाट बचाउन मद्धत पुग्ने छ ।’

पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको बताउनु भयो ।