१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न शक्षामन्त्री देवेन्द्र पौडेलको निर्देशन (भिडियो सहित)

अ+ अ-

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिनुभएको छ । 

बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको टिमले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेका भन्दा बढी शुल्क लिएको उजुरीपछि कलेजको अनुगमन गर्नुभएको हो । उहाँले मेडिकल कलेजमा पढ्न आएका विद्यार्थीका प्रतिनिधिहरुसँग वार्ता गरेर तत्काल समस्याको समाधान गरी कक्षा सञ्चालन गर्न पनि निर्देशन दिनुभयो । उहाँले शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको पाएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘सिडिओ साबले वार्ता बोलाउनुस्, विद्यार्थीका प्रतिनिधिरु, मेडिकल कलेजमा पढ्न आएका विद्यार्थीका प्रतिनिधिहरुसँग वार्ता बोलाउनुस्, त्यसपछि तपाईहरु पनि वार्तामा बस्नुस् । विद्यार्थीले बढी शुल्क लिएको भनेर जो पेस गर्छन्, त्यो उहाँहरुसँग भेरिफाइ गर्नुहोस्, बढी शुल्क लिएको प्रमाणित भएमा मन्त्रालयको ध्यानाकर्षण रहन्छ । ऐनले गरेको व्यवस्थाअनुरुप हामी प्रक्रिया अघि बढाउँछौँ । ऐन बिपरित् तपाईहरु पनि जान मिल्दैन । हामी पनि जान मिल्दैन । प्रशासन पनि जान मिल्दैन । नमिल्ने प्रकृतिको ऐन बनाएर दबाव विद्यार्थीले दिएका रहेछन् भने चिकित्सा शिक्षा आयोगलाई हामी सम्बन्धित कारबाही गर्छौं । समस्या हल गर्ने कुरा प्रशासनको पनि हो ।’

त्यस्तै कलेजका प्रधानाचार्य रतिन्द्रनाथ श्रेष्ठले कलेजले चिकित्सा शिक्षा आयोगको ऐनअनुसार होस्टेलको व्यवस्था गरेको र अहिले आयोगले होस्टेल ऐच्छिक भन्न नमिल्ने बताउनु भयो । उहाँले करोडौँको लगानी गरेर होस्टेल निर्माण गरेपछि कलेजको शुल्कसहित महिनाको ६० हजार लिनु स्वभाविक भएको बताउनु भयो ।  

प्रधानाचार्य श्रेष्ठले भन्नुभयो, ‘पहिलो कुरा हामीले होस्टेल कम्पलसरी किन ग¥यौं भन्ने कुरा छ । होस्टल कम्पलसरी गर्नुको कारण नेपाल मेडिकल काउन्सिलको प्रावधानमा के लेखिएको छ भने, कुनै पनि मेडिकल कलेजको एमबीबीएस पढाउनलाई विद्यार्थीलाई होस्टल अनिवार्य भनिएको छ । त्यसमा हामीले करोडौँ रुपैयाँ लगानी गरेर होस्टल बनाएका छौँ । यदी नराख्ने हो भने होस्टल कम्पलसरी छैन भनेर नियमबाट हटाउनु पर्छ । आयोगको ऐनमा नभएको कुरा आएपछि हामीले मान्ने कुरा भएन नि । होस्टल ऐच्छिक भन्ने अधिकार आयोगलाई कसले दियो । हाम्रो प्रश्न त्यहाँ हो । हामीले पैसा धेरै लियो भन्ने कुरा छ, होटलअनुसारको पैसा लिने हो नि, कस्तो व्यवस्था छ त्यही अनुसारको ।’
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिनुभएको छ । रोल।।।

प्रधानाचार्य श्रेष्ठले ६० हजार महिनाको एमबीबीएसको शुल्क तिर्न कन्जुस्याइं गरे यो स्थितीमा संस्था सञ्चालन गर्न नसकिने बताउनु भयो ।  