४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले दिएको राजीनामा स्वीकृत भएको छ। उनले गत बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका थिए, जुन आइतबार स्वीकृत भएको हो।

आयोगको सुशासनसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै मिश्रले पदबाट राजीनामा दिएका हुन्। उनले आयोगको काम कारबाहीमा पारदर्शिता र जवाफदेहिताको अभाव भएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए।

यसअघि केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त भएका पदाधिकारीहरूले आफ्नो कार्यकाल पूरा गर्न पाउने स्पष्ट आदेश दिएको थियो। तर मिश्रले त्यसैबीच राजीनामा दिएपछि आयोगभित्रका आन्तरिक असमझदारी र असन्तुष्टि थप उजागर भएको छ।