१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्त आयोगका सदस्य अमरराज मिश्रको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले दिएको राजीनामा स्वीकृत भएको छ। उनले गत बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका थिए, जुन आइतबार स्वीकृत भएको हो।

आयोगको सुशासनसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै मिश्रले पदबाट राजीनामा दिएका हुन्। उनले आयोगको काम कारबाहीमा पारदर्शिता र जवाफदेहिताको अभाव भएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए।

यसअघि केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त भएका पदाधिकारीहरूले आफ्नो कार्यकाल पूरा गर्न पाउने स्पष्ट आदेश दिएको थियो। तर मिश्रले त्यसैबीच राजीनामा दिएपछि आयोगभित्रका आन्तरिक असमझदारी र असन्तुष्टि थप उजागर भएको छ।