४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“



अ+ अ-

काठमाडौं ।  आई. एम. ई. लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ मेरिट अवार्ड जितेको छ ।

होटल र्याडिसनमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पवन कुमार खड्का र वित्तविभाग प्रमुख (CFO) श्री जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । यस अवार्ड हालसम्म दुईमात्र जीवनबीमा कम्पनीले प्राप्त गरेका छन सो मध्य एक आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ ।

यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।

यस उपलब्धिको लागि नियामनकारी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ । यस सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबनबीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको छ ।