३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस



अ+ अ-

काठमाडौँ । नेकपा एमाले पोलिटब्युरो बैठकमा ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको कुरामा नेताहरुले आफ्ना धारणा राखेका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्षे उमेरहद, दुई वर्षे कार्यकाल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता नविकरण गर्नुभएको कुरामा आफ्ना धारणाहरु केन्द्रित गरेका हुन् ।

सञ्चारकर्मीहरुस्ँग कुरा गर्दै प्रचार विभाग प्रमुअ राजेन्द्र गौतमले अहिलेसम्म ३२ जना स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्नुभएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार अब ४० जनाले धारणा राखेपछि बैठक आजै समापन गरिनेछ । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सक्न रुलिङ गर्नुभएको र त्यसैअनुसार नेताहरुले धारणा राख्ने काम जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठक आज जारी छ । अहिलेसम्म विधानको संशोधन प्रश्तावमा आधारित भएर पार्टीका स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुले आफ्नो राय राख्ने काम जारी छ । अहिलेसम्म ३२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यले आफ्नो राय राख्नुभएको छ । पार्टी अध्यक्षले रुलिङ गर्नुभएअनुसार आजै बैठक समापन गरिँदैछ । बोल्न बाँकी झन्डै ४० जना हुनुहुन्छ ।

आजको बैठकमा पार्टीका नेताहरुले पार्टी विधानमा उल्लेख भएका विषय अतिरिक्त ७० वर्ष उमेरहद, दई वर्षे कार्यकाल, सम्माननीय पूर्वराष्ट्रपतिले राजनीतिमा प्रवेश गर्नुभएको कुरा, उहाँको सदस्यता नविकरण लगायतका विषयहरु प्रश्तुत भएका छन् । जिल्ला कमिटीलाई समन्वय बनाउने कुरा, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउने कुरा जस्ता महत्वपूर्ण सुझावहरु आएका छन् ।’

प्रचार विभाग प्रमुख गौतमकाअनुसार नेताहरुले जिल्ला कमिटीलाई समन्वय बनाउने, प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।