१ भाद्र २०८३, सोमबार
,
Latest
मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले ५ महिने प्रशंसा अभियान चलाउने



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यस्तो बताउनुभएको हो । उहाँले यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको दाबी गर्नुभयो । उहाँले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिनुभयो । प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरु हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो । तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ । अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौँ । ०८४ को निर्वाचन आउन करिव डेढ वर्ष बाँकी छ । पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ । पार्टीको आन्तरिक शक्ति सुदृढिकरण गर्ने काममा हामी लागेका छौँ ।’

उहाँकाअनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढिकरण, विस्तार गरिरहेको छ ।