८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
अ+ अ-

साउन ३, काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गर्न आग्रह गर्नु भएको छ ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को शुक्रबार राजधानीमा सम्पन्न २१ औं वार्षिक साधारणभामा बोल्दै अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना रहेकोले यी सम्भावनाहरुलाई उजागर गर्दै स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न युवाहरुलाई सुझाव दिनु भयो । “नेपालमा धेरै अवसरहरु छन । नेपालमा नै बसेर धेरै गर्न सकिन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ । म युवाहरुलाई स्वदेशमा नै अवसर सिर्जना गर्न आग्रह गर्दछु । ” उहाँले भन्नु भयो ।

देशको आर्थिक विकासमा युवाहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले देशमा उद्यमशीलताको विकास गर्न स्वदेशी पूँजी परिचालन गर्न सकिने बताउनु भयो ।
स्वदेशमा काम गर्न चाहनेहरुको लागि पूँजी अभाव नहोस भनेर महासंघको अगुवाईमा १० अर्ब रुपैयाको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले युवाहरुका नवप्रर्वतनमा सहयोग गर्न सकिने धारणा राख्नु भयो ।

“ विकासका लागि देशभित्रकै पूँजी परिचालन आवश्यक छ । उहाँले भन्नुभयो , कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा नेपालमै अपार सम्भावना छन् । आवश्यकता केवल सही नीतिगत सहजीकरण र युवाहरुको इनोभेसनलाई प्रोत्साहन गर्ने हो । ”

महासंघले देशको आर्थिक समृद्धिको लागि सरकारसंग नीतिगत बहस पैरवी गरेको र फलस्वरुप ३० भदा बढि कानूनहरु संशोधन भएको भन्दै लगानीको वातावरण बन्दै गईरहेको बताउनु भयो । उहाँले युवाहरुलाई उद्यमशीलता र नवप्रवर्तन आकर्षित गर्ने महासंघ सधैं तयार रहको बताउँदै महासंघको हालै शंसोधित विधानले (एनवाईईएफ) लाई महासंघको पदेन केन्द्रीय सदस्य बन्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को २१ औं वार्षिक साधारणभाले युवा उद्यमी सुदीप घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।