८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै

कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
अ+ अ-

काठमाडौँ । कोरिया सरकारको एक अर्ब रुपैयाँ सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउने भएको छ । ब्युरोको भवन निर्माण भइसकेको र अब उपकरण जडान गर्न बाँकी रहेको प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ ।

शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक थापाले अहिले प्रविधिको प्रयोग सुरक्षाको मुख्य चुनौती भएको बताउनु भयो । प्रविधिको प्रयोगबाटै चोरी, ठगी लगायका गतिविधि हुने गरेको भन्दै प्रहरी महानिरीक्षक थापाले प्रविधिको प्रयोग गरेर हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई प्रविधिमै सक्षम बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले चोरी भयो भने पनि प्रविधिबाटै हुन्छ । अनलाइन फ्रड हुन्छ । अनलाइन स्क्याम हुन्छ । अहिले टेलिग्रामबाट धेरै ठगिएको अवस्था छ । अहिले भर्खरै प्रधानमन्त्री कार्यालयको सचिवालयबाट मलाई पठाउनुभयो । टेलिग्राम बन्द गर्नुप¥यो भनेर गृहमन्त्रालयबाट पनि धेरै अगाडिबाट पठाइसकेपछि अहिले अहिले टेलिग्राम बल्ल बन्द हुन आँटेको छ । त्यो टेलिग्रामले सबभन्दा बढी ठगिएको अवस्था छ । एआई आयो अब । फरेन्सिक (ल्याब)को बारेमा पनि माननीयज्युले भन्नुभएको छ । फरेन्सिकको काठमाडौँमा मात्रै हुन्थ्यो भने अब फरसेन्सिक ल्याब धरानमा, नेपालगञ्जमा र यसपटक पोखरामा पनि राखेर, अब सातैवटा प्रदेशमा फरेनिसक ल्याब विस्तार गर्ने भनेका छौँ । अब ल्याब मात्रै बनाएर भएन, इक्युपमेण्ट मात्रै राखेर भएन । त्यसमा दक्ष जनशक्तिको आवश्यकता छ । दक्ष जनशक्ति भनेको कहिले कहीँ हामीले विज्ञको सहायता पनि लिन्छौँ । एक्पर्ट मान्छेहरू लिएर पनि गर्छौं । र अनुसन्धानमा एक्पर्ट मान्छेहरू लिँदा कहिलेकाहीँ त्यहाँ च्यालेन्जहरू आउँछ भनेर हाम्रा मान्छेलाई दक्ष गराएको अवस्था छ ।’

महानिरीक्षक थापाले साइबर अपराध नियन्त्रण गर्न विभिन्न दातृ निकायको सहयोग लिने गरिएको पनि स्पष्ट पार्नुभयो । खासगरी इन्टरपोलको सहायता उल्लेखनीय रहेको थापाको भनाई थियो । उहाँले अपराध अनुसन्धानमा खटिने प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रयास गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न दातृ निकायहरू, विभिन्न विदेशी निकायहरूसँग पनि समन्वय गरेर, त्यो भन्दा पनि इन्टरपोलको कार्यक्रमहरू पनि छन् । यसबाट हामीले साइबर र साइबरमा खटिनेहरुलाई प्रविधिमैत्री बनाउन त्यसमा लागेका छौँ । म यहाँ जाहेर गर्न चाहन्छु, कोरिया सरकारको सहयोगमा १०० करोडको लागतमा साइबर ब्युरो बन्न लागेको छ । भवन बनिसकेको अवस्था छ । अब त्यहाँ साइबर ल्याबहरू आउँदै छ । त्यो भएपछि अझ हामीलाई सहज हुन्छ ।’

कोरिया सरकारको एकसय करोड रुपैयाँ सहयोगमा निर्माण भइरहेको साइबर ब्युरोले साइबरमा खटिने जनशक्तिलाई बल पुग्ने महानिरीक्षक थापाले स्पष्ट पार्नुभयो ।