२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अबको बर्खामा नागढुंगा–मुग्लिङ सडकखण्डमा यात्रुले सास्ती खेप्नुपर्ने छैन’



अ+ अ-

काठमाडौँ । एक वर्षअघि नागढुंगा—मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तिब्र गतिमा भइरहेको छ ।

नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ । सो सडकखण्ड निर्माण गरिरहेका निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे सो प्याकेज अन्तर्गत अहिले कालोपत्रेको काम सकिसकेको बताउनुहुन्छ । उहाँकाअनुसार झ्याप्ले खोलाको पोहिरो पोहोर जुन बितण्डा निम्तायो । अहिले सडक निर्माणसँगै पहिरो रोकथामको काम तिब्र गतिमा भइरहेको छ ।

काम मात्रै भएको छैन त्यो पहिरो आउनुको मुख्य कारण पनि खोजि भइसकेको छ । देशलाई नै शोकमा पार्नेगरी दशकौँ यता भएको उक्त पहिरो जानुको मुख्य कारण सडकभन्दा केही माथि घरजग्गाका लागि प्लटिङ गरिनु हो ।

निर्माण व्यवसायी घिमिरेकाअनुसार प्लटिङको माटो यत्तिकै फालिदिए । जब भारी वर्षा भयो त्यो पानीले माटो बग्यो । माटो पहिरो स्वरुप आयो र माटो लेदो भएर आयो । सडकमा कलर्भट थियो । लेदेलो कलर्भट भरिदियो । निकासी हुन पाएन । पानीले पनि कहीँ जाने निकास पाएन । सम्पूर्ण लेदो पहिरोस्वरुप आएका कारण ठूलो घटना घट्यो ।

घिमिरेकाअनुसार स्थानीयले भनेअनुसार २०५० सालमा पनि त्यहाँ ठूलो पहिरो आएर धेरै क्षती गरेको रहेछ । सडक निर्माण कार्यले गर्दा अहिले झ्याप्ले खोलामा ठूलो पहिरो आएको होइन ।  सडक भन्दा केही माथि अव्यवस्थीत तवरले गरिएको प्लटिङले गर्दा पहिरो आएको घिमिरेले बताउनु भयो । उहाँकाअनुसार अनुसन्धान गर्दै जाँदा सडक निर्माणका क्रममा त्यसरी पहिरो गएको पाइएन ।

निर्माण व्यवसायी घिमिरेले भन्नुभयो–जब झ्याप्ले खोलामा पहिरो गएर जनधनको क्षती ग¥यो अहिले पुनडिजाइन गरेर भित्ताहरुमा कडा चट्टानहरु राखेर जालि भर्ने काम भइरहेको उहाँ बताउनुहुन्छ । घिमिरेकाअनुसार झ्याप्ले खोलामा पहिरोको रुप लिइसकेको छ । अब त्यसलाई रोकथाम गर्नका लागि अहिले काम गरिरहेको निर्माण कम्पनीलाई गत चैतमा सरकारले जिम्मा दियो र अहिले यसमा काम भइरहेको छ । अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भूभागआसपासका भित्तामा बास रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।

नागढुंगा—मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझा पनि बर्खायाममा यात्रुहरुले पाइरहेको दुःख अब छिट्टै अन्त्य हुने बताउनुहुन्छ । उहाँकाअनुसार नागढुंगा पूर्वी खण्ड आयोजना सडकखण्डअन्तर्गत दुईओटा प्याकेजहरु छन् ।

आयोजना प्रमुख ओझाले भन्नुभयो–एउटा प्याकेज नागढुंगादेखि नैबिसे खण्डसम्म १२.२ किलोमिटर र नविसेदेखि मलेखुखण्डसम्म ४३.५ किमि छ । कुल ५५ किमिमध्ये हालसम्म करिव आधा अर्थात २७ किमि पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ । त्यसमा पर्ने १५ वटा पुलहरुमध्ये आठ ओटा पुलहरुमा गाडीहरु नै चल्न शुरु गरेका छन् । अब दुईओटा पुलहरुमा छिट्टै गाडी चल्लेसम्मको बन्नेछ । बाँकी ५ वटा पुल चालु आर्थिक वर्षसम्म पूरा हुनेछन् । सडकतर्फ पनि चालु आवसम्म पहिलो तहको कालोपत्रे ५५ किमिमा सक्ने योजना छ । आयोजनाको कुल समग्रमा हेर्दा ४४ प्रतिशत भौतिक प्रगति छ ।

पहिलो प्याकेजको करिव ८४ प्रतिशत र दोस्रो प्याकेजको ४४ प्रतिशत काम भइसकेको छ । यो आयोजना अन्तर्गत डेडिकेटेडड डबल लेनको सडक बन्दैछ । यसका कतिपय खण्डमा बिस्तारै हिँड्ने सबारीका लागि छुट्टै क्लाइमिन लेन थपेर तीन लेनको बन्नेछ । जसमा उकालोतर्फ जाने २ लेनमा जानेछन् भने ओरालोतर्फ झर्ने १ लेनमा सबारी झर्नेछन् । त्यस्तै बजार क्षेत्रमा चारलेनदेखि ६ लेनको सडक बन्दैछ ।

गल्छी–बैरेनी एरियामा एकदमै पानीहरु पर्ने र खाल्डो पर्ने समस्या छ । समस्या मात्रै आइरहने स्थान थियो । पछिल्लो हिउँददेखि नै यसमा युद्धस्तरमा काम भयो । अहिले हिलो र धुलोबाट मुक्त हुने अवस्था छ । यद्यपी केही कामहरु बाँकी रहेका छन् । दोहोरो गाडी हिँड्नसक्ने भइसकेको छ । अबको बर्खामा यात्रुहरुले हिलो खेप्नुपर्नेछैन । उहाँले पनि गत मनसुनका घटनाहरु सडकहरुमा क्षती पुगेको  र त्यस ठाउँमा पहिरोलाई रोकथाम गर्न नयाँ प्रविधिहरु ल्याएर काम भइरहेको बताउनु भयो  । यो मनसुनलाई लक्षित गरेर कामहरु तिब्र गतिमा भइरहेको छ । खोलाका कटानहरु समेत रोक्ने काम सम्पन्न भएको छ ।

उहाँकाअनुसार मलेखु भीरमा पनि पहिरो गएर सधैँ दुःख दिइरहने स्थानमा त्यहाँ पनि पहिरो नजानेसम्मको सतह भेटाइसकेको छ । पर्खाल लगाएर लेदो सडकमा आउन नसक्नेगरी काम भइरहेको छ ।

अहिले दैनिक १५ हजार भन्दा बढी सबारीलाई व्यवस्थापन गरेर निर्माण गर्न मुख्य चुनौतीका रुपमा देखा परिरहेको छ । यसको डाइर्भसन पनि गरिएको छैन । विपी, कान्ति राजमार्गले पनि सोचेअनुसारको सुविधा नदिएका कारण सडक निर्माणाधिन सडकमै परेको छ । दैनिक ८ घण्टा काम गर्ने समय पाउन पनि मुस्किल परिरहेको छ । यसले गर्दा सोचेअनुरुप परिणाम निस्कन सकिरहेको छैन । गाडीको चाप कम हुने समयमा काम गर्नुपरिरहेको छ ।