• १५ मंसिर २०८०, शुक्रबार
  •      Fri Dec 1 2023
  •   Unicode
Logo
Latest
★   भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाणलाई छाड्न अस्वीकार ★   टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश ★   नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो: मन्त्री लिम्बू ★   पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसीलाई धरौटीमा छाड्न आदेश ★   टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश ★   शरणार्थी प्रकरणः टोपबहादुरलाई छाड्न अस्वीकार ★   संसदीय खुलापन कार्ययोजना बनाउने जिम्मा फिल्म निर्माण कम्पनीलाई: कार्ययोजनाबारे कुनै जानकारी छैन- संसद सचिवालय ★   केपी ओली कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई ★   केपी ओली कपको उपाधि मधेशलाई, आर्मी ११ रनले पराजित ★   राजसंस्था,हिन्दुराष्ट्र र संघीयता नचाहाने बिच मोर्चा निर्माण गरि नयाँ जनआन्दोलन गरौ: कमल थापा

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकटका भातृ सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् । 

अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् । 
    
‘‘नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौँ, साथै उक्त म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ’’–विज्ञप्तिमा भनिएको छ ।