१ भाद्र २०८३, सोमबार
,
Latest
मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभापति खड्काद्वारा आफ्नो निर्वाचन क्षेत्रमा जग्गाधनी पुर्जा वितरण सुरू



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नाे निर्वाचन क्षेत्रमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गरेका छन् ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रवार आयोजित कार्यक्रममा खड्काले लेकवेशी र भेरीगंगा नगरपालिकाका दुई ४७ जनालाई जग्गाधनी पुर्जा वितरण गरे ।

पुर्जा वितरण कार्यक्रममा उपसभापति खड्काले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले भूमि सम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित गर्ने गरी छलफल चलिरहेको बताए । उनले भूमिको अधिकतम उपयोग गर्ने, विशेष गरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक भएकोमा जोड दिए ।

उपसभापति खड्काले जनतामा निराशा भन्दा पनि जिम्मेवारीमा रहेकाहरूसँग असन्तुष्टि रहेको बताए । उनले मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेको बताए । उनले आफू उपप्रधानमन्त्री हुँद दुई सय प्रतिशत रहेको राजस्वलाई घटाएर १० प्रतिशतमा झारेको बताए । ‘अहिले पनि मतदाताहरूमा राजस्व धेरै भयो भन्ने गुनासो छ,’ उनले भने, ‘जग्गाको मूल्य बढेकाले राजस्व बढेको हो भन्ने कुरा हामीले मतदातालाई बुझाउन सकेका छैनौँ ।’

उनले जिम्मेवारीमा रहेकाहरू सच्चिए नागरिकहरू प्रष्ट हुने र सबै क्षेत्रमा सुधार आउने बताए । ‘अहिलेको चुनौती राजनीतिक दलहरुका लागि यहीँ हो,’ उनले भने, ‘जिम्मेवारीमा रहेकाहरू लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामूहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरे सबै कुरामा सुधार आउँछ ।’ उनले राजनीतिक प्रतिष्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताए । ‘जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका हामीहरूले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी छ,’ उनले भने, ‘कतै हाम्रो बोली व्यवहारका कारणले मतदातामा असन्तुष्टि बढेको हो कि भन्ने पनि ख्याल गरौँ ।’
उपसभापति खड्काले अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने बताए । प्रमुख दुई दल मिल्दा अहिले राजनीतिक स्थिरता भएको छ, उनले भने, अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ, केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ यहीँ गठबन्धनले २०८४ को निर्वाचन गराउँछ ।