३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकताको निम्ति सही नीति, सिद्धान्त र कार्यदिशा आवश्यक पर्ने बताउनु भयो । नीति बिनाको एकताको औचित्य नरहने जिकिर गर्नुभयो । साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता भएको बताउनु भयो । नेपाल आज समाजवादी क्रान्तिको रुपान्तरणको युगमा रहेको र होशियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकताको निम्ति सही नीति, सही सिद्धान्त, सही कार्यदिशा आवश्यक पर्दछ । नीति बिनाको एकता सम्भव हुँदैन । के नीतिमा हामी एकतावद्ध हुन्छौँ, कस्तो कार्यदिशा र सिद्धान्तको आधारमा एकतावद्ध हुन्छाँै भन्नेकुरामा चिन्तनमनन गरेर साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता हो । यो एकता प्रक्रिया यो पार्टीलाई अझ बलियो बनाउनका लागि भएको हो । आज हाम्रो देश समाजवादी क्रान्तिको रुपान्तरणको युगमा छ । यो समाजवादी क्रान्ति र रुपान्तरणको युगबाट अघि बढिरहँदा हामीले धेरै होशियारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता छ । यो एकतालाई हामीले कम्युनिष्ट आन्दोलनको एकताको रुपमा, देशव्यापी एकताको रुपमा, नीतिगत सिद्धान्त र लक्ष्यको एकताका रुपमा बदल्ने संकल्प गरौँ ।’

सम्मानित नेता खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।