२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय



अ+ अ-

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार एवं स्वास्थ्यमन्त्री राईले विकास निर्माणका कामलाई छिटो र गुणस्तरीय बनाउन कोशी प्रदेशमा पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो । “पूर्वाधार विकास कार्यालय नहुँदा जिल्लामा परेका योजनाका फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता थियो । अब १४ वटै जिल्लामा योजना सम्झौतादेखि फरफारकसम्मका सबै काम हुन्छ”, उहाँले भन्नुभयो, “जिल्लाजिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै निर्माण व्यवसायीलाई सहज हुनुका साथै विकासे योजनाका काम छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको छ । यो सङ्घीयताको उपलब्धि पनि हो ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायीलगायतको उपस्थिति थियो ।

मन्त्रालयबाट १३ जना कर्मचारीको दरबन्दी कायम गरेर स्थापना गरिएको पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुखसहित तीन जना कर्मचारी हाजिर भएका छन् । बाँकी १० जना कर्मचारीसमेत केही दिनभित्रै उपलब्ध गराएर कार्यालय सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका सचिव साहले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयबाट यस आर्थिक वर्ष खोटाङमा एक सय ५१ वटा योजनाका लागि बजेट विनियोजन भएको मन्त्री राईको सचिवालयका कर्मचारी सन्तोष राईले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने एकवर्षे र बहुवर्षे योजना गरी यो वर्ष खोटाङमा रु एक अर्ब दुई करोड ५८ लाख २८ हजार बजेट आएको जनाइएको छ । रासस