२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं



अ+ अ-

जनकपुरधाम । कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुख्खा छ । खडेरीले मधेस प्रदेशमा धान रोपाईं हुन सकेको छैन । मधेस प्रदेशमा पानीको हाहाकार छ । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुख्खा छन् । धान रोपाईं समेत प्रभावित भएको छ । पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दैछन् । खेतमा पानी छैन । मोटर चलाउने राम्रो व्यवस्था छैन । धान राप्न नपाउँदै मधेसका किसान चिन्तित छन् ।

मधेस प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा छन् । न त सिंचाइको सुविधा पुगेको छ न त वैकल्पिक उपायहरू अपनाइएको छ । धान रोपाईं त परै जाओस् खानेपानीको हाहाकार समेत मधेसमा शुरु भइसकेको छ । मधेस नेपालकै अन्नभण्डार हो । यहाँको मुख्य बाली धान हो ।

धानले मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पु¥याउँदै आईरहेको छ । तर अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ । यसले खाद्य संकट निम्त्याउने खतरा समेत बढाएको छ । उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ । गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो भने यस वर्ष मनसुनमा समेत पानी नपर्दा मात्र ३६ प्रतिशत धान रोपाईं हुन सकेको छ ।

मधेस प्रदेशले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ । खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै वारुणयन्त्र परिचालन गरिएको छ । मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् । यही समस्यालाई मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्र समेत हस्तान्तरण गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको समेत अभाव भएको अवस्थामा कृषिमा यसले ठूलो क्षति हुने बताउनु भयो । कृषिमा आजसम्म ३६ प्रतिशत रोपाईं मात्र भएको बताउनु भयो । विगतका वर्षहरुमा ७५ प्रतिशत रोपार्ईं सकिसकेको हुन्थ्यो । बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उहाँले बताउनु भयो ।

मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताउनु भयो । उहाँले मधेसमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्नु भएको थियो । मधेसमा सतह मुनिको पानी दिनदिनै झर्दै गइरहेको छ । यसले भूमिगत सिंचाई प्रणाली समेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताउनु भयो ।