५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारको ध्यानाकर्षण गराउने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरु एकपछि अर्को भ्रष्टाचारका काण्डमा संलग्न भइरहेको भन्दै राप्रपाले शुक्रबार अख्तियारको ध्यानाकर्षण गराउने भएको हो ।

राप्रपाले साउन २ गते शुक्रबार दिउँसो १ बजे भ्रष्टाचारका सबै काण्डको अध्ययन, अनुसन्धान र कारबाही प्रक्रिया तदारुकताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदै अख्तियारको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शनसहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम तय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबावमूलक अभियान सन्चालन गर्नेछ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा शुक्रबार अख्तियारको कार्यालय पुग्नेछ ।