४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह(बालेन) बजेट स्वीकृत हुने बित्तिकै उठेर हिँडेका छन् ।

आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट स्वीकृत भएपछि बालेनले लेखा समितिको संयोजक गायत्री पुडासैनीलाई प्रतिवेदन पेस गर्न भन्दै उनी उठेर हिँडेका हुन् ।

उनी उठेर हिँडेपछि प्रवक्ता नवीन मानन्धरसहित केहि वडाध्यक्ष पनि उठेका थिए ।

नगर सभाको अध्यक्ष समेत रहेका बालेन बैठक नसकिँदै हिँडेपछि नगर सभामा एकछिन रनभुल्ल भएको थियो ।