२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन मन्त्रालयमा ऐन बहादुर शाहीको एक वर्षः ४१ हजारलाई प्रत्यक्ष रोजगारी, कार्बन व्यापारमा ऐतिहासिक सफलता



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गर्नुभएको छ ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ठकुरीले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।

मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उहाँको दाबी छ । उहाँले मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्वन गर्दै आवश्यक कानूनी सुधार भएको बताउनु भयो । उहाँले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताउनु भयो । उहाँले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानको लागि सम्झौता भएको उल्लेख गर्नुभयो ।

मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रुपमा सफल भएको दाबी गर्नुभयो । उहाँले हिमाली क्षेत्रका जिविकोपर्जनको लागि यार्सागुम्बाको निकासीको लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि बताउनु भयो । उहाँले वन क्षेत्रको वृद्धि, विस्तार काठको उपयोगमा समेत वृद्धि भएको दाबी गर्नुभयो । उहाँले मन्त्रालयको मुख्य कार्यभार वन क्षेत्रलाई घट्न नदिनु रहेको पनि बताउनु भयो । मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताउनु भयो । उहाँले वनभित्र रहेका सडेगलेका रुखहरुको उपयोगमा बढावा दिइएको पनि बताउनु भयो । उहाँले वन मन्त्रालयमार्फत एक वर्षको अवधीमा ४१ हजारलाई प्रत्यक्ष रोजगारी दिइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनको लागि हामी केन्द्रित भएका छौं । वनभित्र रहेका सुकेका तथा कुहिएका काठहरुको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौं । यो वर्ष वन उद्यमशिलता र रोजगारीमा पनि वृद्धि भएको छ । यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।’

उहाँले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताउनु भयो । उहाँले वन व्यवस्थापन तथा संरक्षण गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले विभिन्न क्षेत्रमा सम्भावित कार्बनको व्यापारको खाका समेत तयार पारिसकिएको बताउनु भयो । मन्त्री ठकुरीले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विषेश पहल भएको बताउनु भयो ।