२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना



अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा गरिबी घटाउनका लागि कृषिको व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताउनु भयो । कृषिको व्यवसायीकरणले विदेश गएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन सकिने बताउनु भयो । उहाँले आफैँ आत्मनिर्भर बन्दा देशको अर्थतन्त्रमा पनि ठूलो योगदान हुने बताउनु भयो । उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्न नहुने बताउनु भयो ।

सांसद ढुंगानाले भन्नुभयो, ‘यो देशमा गरिबी हटाउने हो, गरिबी समाप्त गर्ने हो भने कृषिलाई व्यवसायीकरण, व्यापारीकरण, कृषिको व्यवस्थापन गर्नुपर्छ । जसले गर्दा विदेशमा गएका ५५ लाख युवाहरु स्वदेशमै रोजगारी पाउनसक्छन् । हामी आत्मनिर्भर बन्नसक्छौँ । उखुमा ७० रुपैयाँ अनुदान दिन्थ्यो । अहिलेको बजेटमा त्यो ७० रुपैयाँ पनि काट्यो । उखु भनेको क्यासको खेती हो । उखुमा दिएको अनुदान पनि काट्दै हुनुहुन्छ भने कसरी कृषिलाई बलियो बनाउन सक्नुहुन्छ ?’

सांसद ढुंगानाले कृषि क्षेत्रलाई बलियो बनाउन माग गर्नुभयो ।




भर्खरै