५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुईको मृत्यु, चारको अवस्था गम्भीर



अ+ अ-

सिन्धुली। सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुधौली नगरपालिका–५ मा पर्ने ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना आइतबार राति भएको हो ।

ना ३ ख ७४९० नं को टिपर बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गर्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुर कटारी नपाका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दीपेन्द्र कुँवर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । वरवधु अर्कै गाडीमा सवार थिए । जन्ती बोकेको टिपर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ । टिपरमा चालकसहित २८ जना सवार थिए । दुर्घटनामा छ जना गम्भीर घाइते भए पनि चार जनाको अवस्था अझ गम्भीर रहेको प्रहरीले बताएको छ ।