२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकोपको न्यूनिकरण र घटनापछि उद्धार, राहत वितरणमा सक्रिय हुन रास्वपाको आव्हान



फाइल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा आह्वान गरेको छ ।

पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले एक बिज्ञप्ति जारी गर्दे विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी भएको जनाउनु भएको छ । उहाँले पार्टीका सम्पूर्ण सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल समेत गर्नुभएको छ ।

बिज्ञप्तिमा भनिएको छ -मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाउँछन् । मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो ।

अर्यालले पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूयसका लागि निम्न कार्यहरूमा ध्यान केन्द्रित गर्न अनुरोध गर्नुभएको छ ।

१. विपद् पूर्वको तयारी

• आ-आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको जोखिममा रहेका स्थानहरूको पहिचान गरी स्थानीयवासीलाई सचेत गराउने ।

• स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना) र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्ने ।

• तत्काल आवश्यक पर्ने सामग्रीहरू (जस्तै: त्रिपाल, डोरी, टर्चलाइट, प्राथमिक उपचार बाकस, ड्राइफुड) को व्यवस्थापनका लागि स्वयंसेवी रूपमा तयारी गर्ने ।

• हरेक वडा तथा पालिकास्तरमा ‘स्वयंसेवक समूह’ तयारी अवस्थामा राख्ने ।

• सामाजिक सञ्जाल र अन्य माध्यमबाट विपद् पूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने ।

२. विपद् पश्चात्को प्रतिकार्य

• घटना भएको जानकारी पाउनासाथ स्थानीय निकाय र सुरक्षाकर्मीसँगको समन्वयमा तत्काल उद्धार कार्यमा जुट्ने ।

• पीडित तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न र अस्थायी आश्रयस्थलको व्यवस्थापनमा सहयोग गर्ने ।

• संकलन भएका राहत सामग्रीहरू (खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ पानी) को निष्पक्ष र पारदर्शी ढंगले वास्तविक पीडितसम्म पुर्‍याउने व्यवस्था मिलाउने ।

• घाइतेहरूको प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउन सहजीकरण गर्ने ।

• प्रभावितहरूको तथ्याङ्क संकलनमा स्थानीय तहलाई सहयोग गरी कोही पनि नछुटुन् भन्ने सुनिश्चित गर्ने ।