२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतबाट ३ सय चेली स्वदेश फर्किदै



अ+ अ-

काठमाडौं । कोरोनाको महामारीपछि भएको लकडाउनको मारमा परेका मध्ये कुवेतबाट ३०० जना कामदार काठमाडौं फर्किने भएका छन् । कुवेत सरकारले जजिरा एअरलाइन्सको जहाजबाट कुवेतमा अलपत्र परेका ३०० जना कामदारलाई काठमाडौं ल्याइदिन लागेको हो । कुवेतबाट फर्कन लागेका कामदारमा अधिकांश महिला छन् । कुवेत सरकारले आममाफी दिएका र आश्रय क्याम्पमा बसिरहेकाहरूलाई नेपाल ल्याइदिन लागेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले जजिरा एअरलाइन्सको जहाजलाई कुवेतबाट काठमाडौं उडानको अनुमति दिएको छ । कुवेत सरकारले २६ देखि ३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो ।

त्यसबेला आवेदन गरेका करीब दुई हजार ९०० जना नेपाली कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले बताएको छ । कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैधरूपमा बसिरहेका र भिसा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्यादिन लागेको हो । कुवेत सरकराले यसअघि नै उनीहरूलाई नेपाल ल्याइदिन प्रस्ताव गरेको भए पनि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन भएको कारण सरकारले अनुमति दिएको थिएन ।

कुवेतबाट फर्किएका नेपालीहरूलाई नेपाली सेनाले विमानस्थलबाट काठमाडौंमा प्रदेशअनुसार तोकिएको होल्डिङ सेन्टरमा लगेर प्रदेश सरकारले तयार गरेको क्वारेन्टाइनलाई जिम्मा लगाउने छ । उनीहरू कम्तीमा १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै आफ्नो घर जान पाउनेछन् । यसअघि म्यानमार २६ जना र यूएई १६८ जनालाई काठमाडौं ल्याइदिएको थियो । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेसँगै विदेशमा भएका नेपालीहरूलाई त्यहाँको सरकारले नै काठमाडौं ल्याइदिन थालेको छ । सौर्य दैनिक