२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करबाट महिलाको मृत्यु



अ+ अ-

झापा। झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा आज सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे१ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ गइरहेकोे मे११प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटीको पछाडि सवार ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ भने स्कुटी चालक ४४ वर्षीया टीका गौतम सामान्य घाइते भएकी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

टिपर चालक विर्तामोड–२ का ४६ वर्षीय तोयानाथ विकलाई नियन्त्रणमा लिइ थप अनुुसन्धान भइरहेका प्रहरीले जनाएको छ । रासस