५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान



अ+ अ-

सुर्खेत। कर्णाली नदीमा जलविद्युत् विकासको अर्को सम्भावना अघि बढेको छ। लामो समयदेखि रोकिएको बेतन कर्णाली जलविद्युत् आयोजनाले अन्ततः सरकारी अनुमति पाएको छ। अब कर्मचारी सञ्चयकोषको लगानीमा बन्ने ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो आयोजना निर्माणको प्रक्रियामा प्रवेश गरेको हो।

यसअघि माथिल्लो कर्णाली जलविद्युत् आयोजना सञ्चालित भारतीय कम्पनी जिएमआर ले बाँध प्रभावित हुने भन्दै बेतन आयोजनाको निर्माणमा आपत्ति जनाउँदै आएको थियो। तर, उक्त विवाद अन्ततः समाधानमा पुगेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत विकास विभागले विद्युत ऐन, २०४९ तथा नियमावलीअनुसार आयोजनालाई निर्माण अनुमति दिएको हो। विभागले शुक्रबार आयोजित बैठकमा बेतन कर्णालीलाई उत्पादन अनुमति दिएको पुष्टि गरेको छ।

बेतन कर्णाली आयोजनाको बाँध अछाम र सुर्खेतको सीमाक्षेत्रमा निर्माण हुनेछ। आयोजनासम्बन्धी अन्य संरचनाहरू — विद्युतगृह, बेस क्याम्प तथा सुरुङ मार्ग भने ढकारी गाउँपालिका–६ (सुर्खेत) मा पर्नेछन्।

बेतन कर्णाली जलविद्युत् आयोजनाले २०८१ साल भदौमा विद्युत उत्पादन अनुमति माग्दै विद्युत विकास विभागमा आवेदन दिएको थियो। तर, माथिल्लो कर्णाली आयोजनाको सम्भावित असर र समन्वय अभावका कारण यसको प्रक्रिया लम्बिँदै आएको थियो।

अब भने अनुमति प्राप्त भएपछि आयोजना निर्माण अगाडि बढ्ने निश्चित भएको छ, जसले कर्णाली प्रदेशको ऊर्जा उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।