२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालक्षित सांसद केसीको टिप्पणीः पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाहरुको हालत पनि उस्तै छ



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो । सत्ता र सरकारमै रहेकाहरुको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उहाँको भनाइ छ । सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको हितमा नभई व्यक्तिगत स्वार्थमा मात्रै सिमित भएको टिप्पणी गर्नुभयो । उहाँले  पुराना पार्टीहरुको आलोचना आएका नयाँहरुको व्यवहार पनि फरक नभएको टिप्पणी गर्नुभयो । उहाँले रास्वपालाई लक्षित गर्दै घण्टि बजाउँदै आएकाहरुको व्यवहार पनि फरक नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘स्वयं सत्तामा, सरकारमा बसेक मन्त्रीहरु भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई गणतन्त्र र लोकतन्त्र आवश्यक छैन भनेर व्यापक रुपमा प्रचार गर्ने तत्वहरुलाई मलजल भएको छ कि छैन ? अहिले पनि सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने भयो त्यही बाहानामा कति दिनदेखि संसदमा होहल्ला भइरहेको छ । गणतन्त्र लोकतन्त्र विरोधीले त संसद बहिस्कार गर्नु स्वभाविक कुरा हो । पुराना पार्टीहरुले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरुको हालत पनि त हामीले देखिरहेका छौं । अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरी !’

उहाँले व्यवस्थाको रक्षाका लागि सत्तासिन दलहरु दलीय र व्यक्तिगत स्वार्थबाट मुक्त हुन जरुरी रहेको बताउनु भयो ।