२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालक्षित सांसद केसीको टिप्पणीः पुरानाले देश बिगारे भन्दै घण्टी बजाउँदै आएकाहरुको हालत पनि उस्तै छ



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो । सत्ता र सरकारमै रहेकाहरुको देश लुट्ने र घुस खाने प्रवृत्तिले लोकतन्त्र र गणतन्त्रविरोधीलाई मलजल मिलिरहेको उहाँको भनाइ छ । सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको हितमा नभई व्यक्तिगत स्वार्थमा मात्रै सिमित भएको टिप्पणी गर्नुभयो । उहाँले  पुराना पार्टीहरुको आलोचना आएका नयाँहरुको व्यवहार पनि फरक नभएको टिप्पणी गर्नुभयो । उहाँले रास्वपालाई लक्षित गर्दै घण्टि बजाउँदै आएकाहरुको व्यवहार पनि फरक नरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘स्वयं सत्तामा, सरकारमा बसेक मन्त्रीहरु भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई गणतन्त्र र लोकतन्त्र आवश्यक छैन भनेर व्यापक रुपमा प्रचार गर्ने तत्वहरुलाई मलजल भएको छ कि छैन ? अहिले पनि सत्ता र शक्तिमा बस्नेहरुको काम राष्ट्र र जनताको काम होइन कि विशुद्ध घुस खाने, भ्रष्टाचार गर्ने भयो त्यही बाहानामा कति दिनदेखि संसदमा होहल्ला भइरहेको छ । गणतन्त्र लोकतन्त्र विरोधीले त संसद बहिस्कार गर्नु स्वभाविक कुरा हो । पुराना पार्टीहरुले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाहरुको हालत पनि त हामीले देखिरहेका छौं । अब त हस्ताक्षर अभियान पो चलिरहेको छ देशभरी !’

उहाँले व्यवस्थाको रक्षाका लागि सत्तासिन दलहरु दलीय र व्यक्तिगत स्वार्थबाट मुक्त हुन जरुरी रहेको बताउनु भयो ।