६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने

गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने
अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोक्ने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको प्रतिनिधिमण्डलसंगको भेटमा गृहमन्त्री रमेश लेखकले प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोक्ने जानकारी गराउनु भएको छ ।

भेटमा रहनु भएका प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन .दिनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो ‘गीतसंगीतको मार्फत समाजमा विद्धेष, घृणा फैलाउने, समाज समाजको बीचमा, व्यक्ति व्यक्तिको बीचमा, भाषाभाषीको बीचमा, एकअर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौं’

प्रतिष्ठानकी अध्यक्ष रिता थापा नेपाली संस्कृतिको एक प्रमुख अङ्ग लोक गीत भएको जानकारी गराउदै नेपाली मौलिक लोक गीतलाई कसरी शुद्ध र पवित्र राख्न सक्छौं भन्नेमा मेहनत निरन्तर जारी रहेको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो “समस्या तीज गीतमा मात्रै होइन समग्र लोक सङ्गीतमा छ। जसरी तीजका कारण तीज संस्कृती बिग्रीन हुँदैन त्यसै गरि देउडा पनि बिग्रीनु हुन्न, हाप्पारे, सालैज्यू, कौराह, मारुनी, बालन, दोहोरी या न अन्य कुनै संस्कृती बिकृती बनाउन मिल्छ ? न पाईन्छ। यी समस्याका निम्ति हामी समाधानको खोजीमा छौं।

आजको छलफल सकारात्मक भएको जानकारी दिदै उहाँले भन्नुभयो -हामी यत्ती मै सिमित रहने छैनौं। विधि, ऐन, नियम, नियमावली बनाएरै अघि बढ्नका निम्ति हामी राज्यका ढोकाहरु ढक्ढक्याईरहने छौं।

छलफलमा प्रतिष्ठानकी अध्यक्ष थापासहित कलाकारहरु शिव हमाल, बद्री पँगेनी, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत सहभागी हुन्ु भएको थियो ।

आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि गृहमन्त्री लेखकलाई अलग्गै ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा अश्लिल र अमर्यादित गीत आएको र यसलाई रोक्न माग गरेको छ ।