३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहरः प्रत्येक एक घण्टामा १२ जना संक्रमित



अ+ अ-

काठमाडौं । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगलबार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र शुक्रबार ४ सय ४८ जना नयाँ संक्रमित थपिएका थिए । कुल संक्रमितमध्ये ९ सय १३ जना डिस्चार्ज भएका छन् । जसअन्तर्गत पुरुष ८ सय २२ र महिला ९१ जना छन् । हालसम्म संक्रमितमध्ये १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले बताए । यसैगरी, नेपालमा मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगन्जमा २८ जेठ र ३० मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उनीहरूको वीरगन्ज प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थपिएका २ सय ७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । १ लाख २१ हजार ८ सय ६२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर ४ हजार १ सय ६९ जना आइसोलेसनमा उपचाररत छन् । यस्तै, १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा बस्दै आएका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिक