२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको निर्वाचनमा एमालेका लागि प्रतिकूल परिणाम आउनसक्छ : ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीका लागि प्रतिकूल परिणाम आउनसक्ने बताउनुभएको छ । पार्टीको देशव्यापी जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उहाँले प्रतिकूल परिणाम जनमतको दुरुपयोग भएको बताउनुभयो ।

उहाँले आजको जनमत कुनै यथार्थ जनमत नहुने भन्दै राष्ट्रियसभा निर्वाचन एमालेमाथि अन्तिम प्रहार हुने बताउनुभयो । उहाँले सकारात्मक परिणाम आएन भनेर नआत्तिन कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, “त्यो हिजोको जनमतको हो, यसको दुरुपयोग भएको छ ।” 

उहाँले दुई जना मान्छे तल पार्दा एमालेका मानिस हार्ने भए पनि अहिले पनि अरु पार्टीभन्दा एमाले मजबुत भएको बताउनुभयो । ताजा जनादेशमा जाँदा अन्य पार्टीसँग यस्तो हैसियत नहुने उहाँको भनाइ थियो । 

आगामी माघ १२ गते रिक्त १९ सिटका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्तारुढ गठबन्धन मिलेर उम्मेदवारी दिएका छन् भने एमालेले एक्लै ती सिटका लागि उमेद्वारी दिएको छ ।