१२ श्रावण २०८३, मंगलवार
,
Latest
स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण… निर्वाचन प्रक्रियालाई ‘पेपरलेस’ बनाउँदै लैजाने प्रश्तावित आयुक्त डा सुब्बाको कार्ययोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता



अ+ अ-

चितवन। रसुवाको टिमुरे खोलामा आएको बाढीले बगाएका तीन प्रहरी जवानमध्ये एकको शव चितवनमा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूली नदीको १५ किलो क्षेत्रको किनारमा असई लालबहादुर श्रेष्ठको शव तैरिएको अवस्थामा फेला परेको हो।

शव भेटिएको बेलामा उनको खुट्टामा प्रहरीको बुट रहेकोले उनी ड्युटीमै रहेको पुष्टि भएको प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए। शवको पहिचान भरतपुर अस्पतालमा मृतककी श्रीमतीद्वारा गरिएको हो।

बाढीले बगाएका अन्य दुई प्रहरी जवानको खोजी कार्य अझै जारी रहेको छ। डुबुल्की मार्ने टोली र सुरक्षाकर्मीहरू त्रिशूली नदी र आसपासका क्षेत्रमा सक्रिय रूपमा खटिइरहेका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ भने मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना प्रकट गरिएको छ।