३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारबाट फर्कनेको सूची सार्वजनिक



अ+ अ-

काठमाडौँ। कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो । दूतावासका अनुसार विभिन्न कारणले समस्यामा परेका पाँच हजार ११२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टपाएका छन् । कम्पनीले नै स्वदेश फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिने छन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफैँले टिकट लिनुपर्नेछ ।

कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चारवटा उडान हुनेछन् तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् । दूतावासले उनीहरूबाट पनि प्राथमिकता छुट्याएर पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रूपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।
कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चार उडान हुने भएको छ ।

जुन १६ र २० मा नेपाल एयरलाइन्सले र जुन १७ र २० मा हिमालय एयरलाइन्सले उडान भर्नेछन् तर कुनै प्राविधिक समस्या भएमा उडानको मिति हेरफेर हुनसक्ने दूतावासले जनाएको छ । कतारबाट नेपाल फर्कनका लागि ४९० अमेरिकी डलर भाडा तोकिएको छ तर आममाफी र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीलाई कतार सरकार आफैँले ल्याइदिनेछ । दूतावासले सरकारले तोकेका १७ वटा मापदण्डका आधार पनि अझै गम्भीर खालका जस्तो आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ । गोरखापत्र दैनिक