६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरिए १६ जिल्लाका प्रहरी प्रमुख (सूचीसहित)



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६ जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको जनाइएको छ ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।

यसैगरी कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् ।

फेरिएका एसपीमा तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएका छन् ।
यस्तो छ जिम्मेवारी हेरफेरकाे  सूची

सौर्य दैनिक




भर्खरै