२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको छः मन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर अघि बढ्ने गरी सरकार अघि बढिरहेको बताउनु भयो । उहाँले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन नसक्ने ठानेर नै सरकारले निजी क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमले आवद्ध गरेर अघि बढेको बताउनु भयो । विद्युत विधेयक रोक्नुपर्ने कुनै आवश्यकता नरहेको पनि बताउनु भयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘अहिले पनि हामी सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर, बजारको सुनिश्चितता हामीसँग छ । ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर हामी यस कामलाई अघि बढाइरहेका छौँ । यो टेक अर पेमै हुन्छ । अहिले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन सकेन । त्यसैले हामीले प्राइभेट क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमको आवद्ध गरेर अघि बढाइसकेका छौँ । अब ट्रान्समिसन लाइनको पनि समस्या हुँदैन । अलग ढंगले व्याख्या भएका कारणले केही दुविधा सिर्जना भएको हो । त्यो कुरा सम्बोधन भइसकेको छ । विद्युत विधेयक रोक्नुपर्ने कुनै आवश्यकता छैन । न मन्त्रालय र सरकारको धारणा छ, न समितिको । यो भन्दा अघि पनि जलश्रोत विधेयक टुंग्याइहालौँ भन्नेगरी अघि बढेका हौँ । अहिले पनि नविकरणीय उर्जा र विद्युत विधयेक हामी कहाँ छ । यसलाई एकै चोटी गरौँ । नविकरणीय उर्जामा धेरै छलफल भइसकेकाले यसमा धेरै छलफलको आवश्यक छैन जस्तो लाग्छ ।’

मन्त्री खड्काले नविकरणीय उर्जा र विद्युत विधयेकलाई समितिबाट छिटो पारित गर्नेगरी अघि बढ्नुपर्ने बताउनु भयो ।