२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१६ इस्ट जोन कपः उपाधि जित्न नेपाललाई ११४ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेल जित्न नेपालले ११४ रनको सामान्य लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएसँगै नेपालले सो लक्ष्य पाएको हो ।

सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाउदा रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन शर्माले १ विकेट लिए ।

नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।

अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।