२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन मिल्दैनः सांसद आचार्य



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरु फास्ट ट्रयाकमै बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा विधेयक ल्याउने प्रतिवद्धता गरेका विधेयकहरु चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरु अध्यादेशमार्फत ल्याउनुपर्ने माग गर्नुभयो । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन नसकिने र नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानूनहरु सबै फास्ट ट्रयाकमै बनाऔँ भन्ने मान्छे हो । संसदमा बोल्दा पनि मैले भनेको छु, जति पनि विधेयक ल्याउँछौँ भनेका छौँ, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र त्यो यही अधिवेशनमा पास गरौँ भन्ने हो । केही गरी यही अधिवेशनमा पास हुन नसके र महत्वपूर्ण छ भने अध्यादेबाट ल्याएर पनि काम अघि बढाउनुपर्छ । वर्षौंसम्म कानून विहीन ढंगले मुलुकलाई वन्धक बनाउन सकिँदैन, मिल्दैन ।’

सांसद आचार्यले कानून पूर्ण रुपमा राम्रो बनाउनुपर्ने बताउनु भयो । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने बताउनु भयो ।