१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपोलीले जित्यो इटालियन कप



अ+ अ-

रोम । नेपोलीले युभेन्टसलाई पेनाल्टीमा ४–२ ले हराएर बुधबार राति छैटौं पल्ट इटालियन कप जितेको छ । दर्शनविहीन रंगशाला स्टाडियो ओलम्पिकोमा भएका खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगेको थियो । कीर्तिमान १३ पल्टको इटालियन कप विजेता युभेन्टसका लागि पउल ड्याबेला र डानिलो दुवैले टाइब्रेकरमा गोल गर्न सकेनन् । नेपोलीका लागि आरकाडिस्ज मिलिकले निर्णायक विजयी गोल गरे ।

सन् २०१४ यता नेपोलीले जितेको यो पहिलो उपाधि हो । प्रशिक्षक जेनारो गगटुसाले पनि पहिलो उपाधि जितेका छन् । डिसेम्बरमा कार्लो एन्सेलोटीलाई बर्खास्त गरेयता उनले टिम सम्हालेका हुन् ।

कप उपाधि जित्ने अवसर गुमाएपछि युभेन्टसले अब आफ्नो पूरा ध्यान लिगमा केन्द्रित गर्नेछ । सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसलाई दोस्रो स्थानमा रहेको लाजियोमाथि एक अंकको अग्रता मात्र प्राप्त छ ।