२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपोलीले जित्यो इटालियन कप



अ+ अ-

रोम । नेपोलीले युभेन्टसलाई पेनाल्टीमा ४–२ ले हराएर बुधबार राति छैटौं पल्ट इटालियन कप जितेको छ । दर्शनविहीन रंगशाला स्टाडियो ओलम्पिकोमा भएका खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगेको थियो । कीर्तिमान १३ पल्टको इटालियन कप विजेता युभेन्टसका लागि पउल ड्याबेला र डानिलो दुवैले टाइब्रेकरमा गोल गर्न सकेनन् । नेपोलीका लागि आरकाडिस्ज मिलिकले निर्णायक विजयी गोल गरे ।

सन् २०१४ यता नेपोलीले जितेको यो पहिलो उपाधि हो । प्रशिक्षक जेनारो गगटुसाले पनि पहिलो उपाधि जितेका छन् । डिसेम्बरमा कार्लो एन्सेलोटीलाई बर्खास्त गरेयता उनले टिम सम्हालेका हुन् ।

कप उपाधि जित्ने अवसर गुमाएपछि युभेन्टसले अब आफ्नो पूरा ध्यान लिगमा केन्द्रित गर्नेछ । सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसलाई दोस्रो स्थानमा रहेको लाजियोमाथि एक अंकको अग्रता मात्र प्राप्त छ ।