२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा स्थान बनाएको छ ।

आज भएको सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेले । यस्तै, शिवान्स बजगाईं २३ रनका अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाए । तर, अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, शुभम खनालले ३ तथा कप्तान विपीन शर्मा र सचिव भट्टले एक–एक विकेट लिए ।

नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।