२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी



अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यसमा एक दुई जनाको मात्रै हात नभइ ठूलो समूहको चलखेल रहेको बताउनु भयो । उहाँले कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र गरिएको बताउनु भयो । कर्मचारीले देउसी भैलो गरेको आफूले देखेको भन्दै यसबारेमा टाठोबाठो मध्येकै सभापति राज्य व्यवस्था समितिमा रहनुभएको भन्दै समिति सभापति रामहरि खतिवडालाई जानकारी भएन भनेर नपन्छिन आग्रह गर्नुभयो ।

सांसद थानीले भन्नुभयो, ‘अहिले आएर त्यही कुलिङ पिरियडका बारेमा यहाँ अत्यन्तै कानून बनाउने क्रममा जालझेल र षड्यन्त्र गरिएको छ । राज्य व्यवस्था समितिबाटै षड्यन्त्र गर्ने काम भएको छ भन्दा आफू पनि राज्य व्यवस्था समितिमा बारम्बार बसिरहेकाले दुःख लागेको छ । कुलिङ पिरियड हामीले राखेको जस्ताको त्यस्तै छ । तपाईं समितिको पुरानो मान्छे हो, त्यसमा ध्यान दिन किन सक्नुभएन । तपाईं टाठो, बाठो मध्येकै सभापति हो । कर्मचारीले देउसी भैलो गरेको पनि देखेको छु ।’

सांसद थानीले यसले संसदको मर्यादा गुमेको बताउनु भयो ।