२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र भयोः सांसद थानी



अ+ अ-

काठमाडौँ ।  नेपाली काँग्रेसका सांसद हृदयराम थानीले राज्य व्यवस्था समितिबाटै कुलिङ पिरियडमा षड्यन्त्र गरेको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधवार बोल्दै उहाँले यस्तो बताउनुभएको हो । यसमा एक दुई जनाको मात्रै हात नभइ ठूलो समूहको चलखेल रहेको बताउनु भयो । उहाँले कुलिङ पिरियडमा कानून बनाउने क्रममा ठूलो जालझेल र षड्यन्त्र गरिएको बताउनु भयो । कर्मचारीले देउसी भैलो गरेको आफूले देखेको भन्दै यसबारेमा टाठोबाठो मध्येकै सभापति राज्य व्यवस्था समितिमा रहनुभएको भन्दै समिति सभापति रामहरि खतिवडालाई जानकारी भएन भनेर नपन्छिन आग्रह गर्नुभयो ।

सांसद थानीले भन्नुभयो, ‘अहिले आएर त्यही कुलिङ पिरियडका बारेमा यहाँ अत्यन्तै कानून बनाउने क्रममा जालझेल र षड्यन्त्र गरिएको छ । राज्य व्यवस्था समितिबाटै षड्यन्त्र गर्ने काम भएको छ भन्दा आफू पनि राज्य व्यवस्था समितिमा बारम्बार बसिरहेकाले दुःख लागेको छ । कुलिङ पिरियड हामीले राखेको जस्ताको त्यस्तै छ । तपाईं समितिको पुरानो मान्छे हो, त्यसमा ध्यान दिन किन सक्नुभएन । तपाईं टाठो, बाठो मध्येकै सभापति हो । कर्मचारीले देउसी भैलो गरेको पनि देखेको छु ।’

सांसद थानीले यसले संसदको मर्यादा गुमेको बताउनु भयो ।