१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत



अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई आज राहत वितरण गरेको छ ।

यही साउन ११ गते बेनी नगरपालिका-३ चिनाखेतमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई नगरपालिकाले रु दुई लाख राहत उपलब्ध गराएको हो ।

नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडाध्यक्ष पदम पुन, कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक अणबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्य, कार्यपालिका सदस्य मनकुमारी विकलगायतको टोलीले राहत वितरण गरेको हो ।

मृतक छन्त्यालकी श्रीमती दिलमतीलाई नगरप्रमुख केसीले नगद हस्तान्तरण गर्नुभएको थियो । पहिरोमा पुरिएर लालबिरको मृत्यु र दिलमती घाइते हुनुभएको थियो । पहिरोका कारण पन्ध्र परिवार जोखिममा परेका छन् भने आमा समूहको सामुदायिक भवन र खेलमैदानमा बाढी पसेर पुरिएको छ ।

खेतबारी र सुन्तला बगैँचा पुरिएको छ । नगरपालिकाको टोलीले पहिरोले क्षति पुर्‍याएको क्षेत्रको निरिक्षण गर्दै रोकथाम र क्षति न्युनिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि मृतकका परिवारलाई गण्डकी प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत किरियाखर्चबापत रु ५० हजार सहयोग गरेको थियो । रासस