११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता बढेपछि यहाँ पाटेबाघको सङ्ख्या वृद्धि भएको छ । ३०५ पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको सङ्ख्या ५० पुगेको हो ।

चार वर्षअघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको सङ्ख्या ३६ रहेकामा गत चैतमा गरिएको सर्वेक्षणमा उक्त सङ्ख्या बढेर ५० पुगेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घासेमैदान र आहारा प्रजातिको घनत्व बढेकाले शुक्लाफाँटामा पाटेबाघको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

“निकुञ्जमा हाल एक वर्ग किलोमिटरमा ११३ वटा आहारा प्रजाति उपलब्ध छन्”, संरक्षण अधिकृत वाग्लेले भन्नुभयो, “यहाँ चोरीसिकारी शून्य छ । निकुञ्जभित्र पानीको उपलब्धता पनि प्रशस्त भएकाले बाघको सङ्ख्या बढेको हो ।” राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ थिए । निकुञ्ज कार्यालयका अनुसार २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ बाघको सङ्ख्या ३६ पुगेको थियो ।

निकुञ्जमा क्यामेरा ट्रयापिङ्ग विधिबाट गरिएको गणनाअनुसार यसवर्ष बाघको सङ्ख्या बढेर ५० पुगेको हो । निकुञ्जभित्र रहेका रानी ताल, बाबा ताल, चौधर नदी र महाकाली नदी वन्यजन्तुका लागि पानी पिउने प्रमुख स्रोत बनेका छन् । यसबाहेक निकुञ्ज कार्यालयले पनि वन्यजन्तुका लागि विभिन्न स्थानमा कृतिम पोखरी निमार्ण गरेको छ ।

राष्ट्रिय निकुञ्जमा बाघको मुख्य आहारका रूपमा चित्तल, जरायो, रतुवा, जङ्गली बँदेललगायत वन्यजन्तु रहेका निकुञ्जका संरक्षण अधिकृत वाग्लेले जानकारी दिनुभयो । “यी आहारा प्रजातिको सङ्ख्या र घनत्व पर्याप्त हुँदा बाघलाई आवश्यक आहारा जङ्गलमा उपलब्ध हुने भएकाले आहारा खोज्नुपर्ने अवस्था कम छ । सोही कारणले शुक्लाफाँटामा थोरै क्षेत्रफलमा पनि बाघको सङ्ख्या धेरै छ”, उहाँले भन्नुभयो ।

शुक्लाफाँटाको विशेषता यहाँको विशाल घाँसेमैदान पनि हो । यहाँका फाँटमा चित्तललगायत शाकाहारी वन्यजन्तुका लागि प्रशस्त घाँस तथा पानीको उपलब्धता छ । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जानु सुखद पक्ष भएपनि यसले व्यवस्थापनमा चुनौती थपेको निकुञ्जका संरक्षण अधिकृत वाग्लेले बताउनुभयो ।

बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रसँग जोडिएका मानव बस्तीमा आवतजावत बढ्न सक्ने भएकाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताउनुभयो । “बुढो बाघ बस्तीतर्फ आउने जोखिम हुन्छ, त्यसका लागि समुदायलाई तयार पार्नुपर्छ”, उहाँले भन्नुभयो, “शुक्लाफाँटामा बढेका बाघ देखाएर यहाँका नागरिकलाई पर्यापटनमार्फत रोजगारीतर्फ जोड्न सकिन्छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात भएकाले यसको प्रचारप्रसार गरी पर्यटनबाट लाभ लिन सकिने पर्यटन व्यवसायीहरू बताउँछन । “महाकाली नदीमा पक्की पुल बनिसकेको छ पारीपट्टि सुक्खा बन्दरगाह निमार्ण हुँदैछ”, व्यवसायी गणेश भट्टले भन्नुभयो, “यो नाका सञ्चालनमा आए भारतका उत्तराखण्डका पर्यटकीय क्षेत्र घुम्न आएका विदेशी पर्यटक यहाँ आउन सक्छन । त्यसकारण शुक्लाफाँटाको प्रचारप्रसारमा जोड दिन आवश्यक छ ।”

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । निकुञ्ज कार्यालयका अनुसार ५६ प्रजातिका घस्रने वन्यजन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यहाँ छन् । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि यहाँ पाइन्छन् । रासस