५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचखालवासीलाई निःशुल्क रगत



अ+ अ-

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाइने भएका हुन् ।

“पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो ।

सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ । रासस