१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाज रुपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ: उपसभामुख राना



फाइल फोटो
अ+ अ-

काठमाडौँ।उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रुपान्तरणमा महिला र पुरुष कलाकर्मीको बराबरी योगदान रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित ‘समाज रुपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी’ विषयक अन्तक्र्रियामा उहाँले नेपालका सबैखाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको उल्लेख गर्दै महिला कलाकर्मीको निरन्तर योगदानले परिवर्तन सम्भव भएको बताउनुभयो ।

महिला कलाकर्मीले कलाका माध्यममार्फत चेतना जगाई सामाजिक रुपन्तरणमा अघि बढ्नुपर्ने र त्यसका लागि एक्लै नभई सँगसँगै यात्रा गर्नुपर्ने पनि उपसभामुख रानाको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मीको अत्यन्तै ठूलो योगदान रहेको र यो इतिहास मेट्न खोजे पनि कुनै पनि दिन सचेतताका साथ उत्खनन भएरै छोड्ने बताउनुभयो ।

डा विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपाली नाट्य लेखन, निर्देशन र चलचित्र अभिनयलगायत क्षेत्रमा महिला संलग्नता र प्रवृत्तिको चर्चा गर्नुभयो । उहाँले मुक्तिको आकाङ्क्षाबिना नाटकमा प्रस्तुत महिलाको सक्रियता जमिनबिनाको उडानजस्तो बन्ने धारणा राख्नुभयो ।

उहाँको कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा अशोक थापाले टिप्पणी गर्दै नृत्यकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । नृत्यविज्ञ डा लोकनाथ दुलालले सुरुआतमा मनोरञ्जन, धार्मिक, व्यवहारिक र ज्ञान गरी चार चरणमा विकसित भएको कला पछिल्लो समय फेरिँदै गएको बताउनुभयो । रासस