काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको छ ।
असन्तुष्ट पक्षले घोषणा गरेको नयाँ केन्द्रीय कमिटीमा नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेका छन् ।
अध्यक्ष न्यौपाने र महासचिव श्रेष्ठले सोमबार जारी गरेको सर्कुलरमा नवगठित कमिटीको आगामी साउन पहिलो साता केन्द्रीय कमिटीको पहिलो बैठक र असार २१ गते पदाधिकारी बैठक बस्ने उल्लेख छ ।
[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/06/final-circular-final-1.pdf”]










