२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले वर्तमान सरकार जनसरोकारका आधारभुत समस्या समाधान गर्न र संसदीय गरिमा कायम राख्न असफल भएको आरोप लगाउनुभएको छ ।

सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र जनस्वास्थ्यका विषयमा सरकारको उदासिनताप्रति आलोचना गर्नुभएको हो । संसद्मा गणपूरक संख्या (कोरम) नपुग्नु र संविधान बमोजिम विधेयकहरू पारित हुन नसक्नुमा सरकार र सत्तापक्ष नै मुख्य जिम्मेवार रहेको उहाँको तर्क छ ।

सांसद राईले आम नागरिकले दैनिक जीवनमा भोगिरहेका गम्भीर समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार बजारमा खाना पकाउने ग्यासको अभाव हुनुका साथै अस्पतालहरूमा रेबिज र सर्पदंश विरुद्धको खोप समेत उपलब्ध छैन ।

नयाँ राजनीतिक शक्तिहरूतर्फ संकेत गर्दै उहाँले विगतमा पुराना दलहरूलाई आलोचना गर्नेहरूले पनि अहिले उस्तै प्रवृत्ति देखाएको टिप्पणी गर्नुभयो ।