२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्षपछि दार्जिलिङका बद्री, दुर्गा खरेल पलेँटीमा गुञ्जिए



अ+ अ-

काठमाडौं । दार्जिलिङका प्रसिद्ध साङ्गीतिक जोडी बद्री-दुर्गा खरेलले शुक्रबार र सनिबार साँझ नेपालयको ‘आर’सालामा गुञ्जिए । यस जोडीले आफ्ना सुप्रसिद्ध गीतहरूका साथै गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा धुन भरेर श्रोता संगै गीतकार अधिकारीको मन जिते ।

केही गितमा नयाँ कण्ठ-शिल्पी अभिज्ञा घिमिरेले साथ दिनु भएको थियो । जु्न संयोजन पुरानो र नयाँ पुस्ताको मिलन बिन्दूको रुपमा रहेको थियो । बद्री, दुर्गा दार्जिलिङको नेपाली साङ्गीतिक जगतमा मात्र नभएर सम्पूर्ण नेपालीभाषी श्रोता बीच स्थापित नाम हो । खासगरी यो जोडीको सृजना( ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ लाई नेपाली जगतले आजसम्म पनि उत्तिकै रुचाएको पाइन्छ ।

दार्जिलिङकै स्वर-शिल्पी दावा ग्याल्मोले गाएको ‘शुभकामना खाली खाली’ पनि यही सङ्गीतकार जोडीको अर्को सृजना हो । मन बहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’को चर्चित गीत ‘सारङ्गीको तारले मेरो मनको गीत गाउछ’ दार्जिलिङमा मञ्चन हुँदा यही जोडिका दुर्गा खरेलले प्रत्यक्ष गाएका थिए । रेडियो नेपालमा रेकर्ड गर्ने मौका भने गायक कुमार सुब्बाको भागमा पर्‍यो र उनलाई नेपाली गायन जगतमा लोकप्रियता प्रदान गर्‍यो ।

कार्यक्रम संयोजक आभास भन्छन्- ‘पुराना साङ्गीतिक कर्मीहरूलाई नयाँ सृजनाका निम्ति झकझकाउनु पर्छ भन्ने उदेश्य पलेँटीले लिएको छ । त्यही भएर यसपालीको पलेँटीलाई आंशिकरुपमा गीतकार दिनेश अधिकारीसँग सङ्गीतकार बद्री, दुर्गा खरेललाई जोड्ने चाँजो मिलाएका हौं ।’

पहिलो पल्ट सन् २००८ मा पलेँटी कसेका दुर्गा खरेल भन्छन्( ‘लामो अन्तरालपछि आफ्नो साङ्गीतिक कर्मथलोमा आउन पाउँदा एकदमै आनन्दित भएका छौं । साङ्गीतिक क्षेत्रबाट फेरि ओझेल परियो कि कसो भनी सोचिरहेको बेला पाएको यो मौकाले आफ्नो सङ्गीतकर्मप्रति झन् विश्वास जगाएको छ ।’ खुसी व्यक्त गर्दै उनले हार्मोनियमका पर्दामाथि आफ्ना औंलाहरू कुदाए ।

सन् २००८ मै पहिलोखेप पलेँटीमा आएका बद्री खरेल भन्छन्( ‘पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थियौं । फेरि लामो समय बाद यता आएका छौं । पहिले जस्तै गीत, सङ्गीतप्रेमीको माया पाएका छौ ।’
खरेलले भने राजनीतिक भूगोलले केही पर रहेका हौ तर उहि मेचीको पानी बल्लो किनारबाट यताले खानु हुन्छ पल्लो किनार बाट हामी खान्छौ । उनिह कंञ्चनजंङगाबाट आएको बतासले दुबै तीर स्पर्स गर्छ । त्यसैले कुन भूमीमा छौ भन्ने सोच नै हुदैन ।

हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’सालामा साङ्गीतिक कार्यक्रम पलेंटीमा हुदै आएको छ । पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।